प्रधानन्यायाधीशले आजका लागि तोके ८ इजलास, सबै न्यायाधिसले बहिष्कार गर्ने

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १० : ४९


काठमाडौं प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आठ वटा इजलास तोकेका छन्।

आजका लागि एक एकल इजलाससहित आठ इजलास तोकिएको सर्वोच्च अदालतले जनाएको छ। १७२ मुद्दाको पेसी तोकिएको छ ।

प्रधानन्यायाधीश जबराको एकल इजलास नतोकिएकाले अन्य न्यायाधीशले मुद्दा नहेरेको अबस्थामा सुनुवाइ हुने सम्भावना कम छ।

प्रधानन्यायाधीश जबराले आफूसहित कुमार चुडालसहित संयुक्त इजलास तोकेका छन्।

यसैबीच, जबराविरुद्ध उभिएका सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कारलाई निरन्तरता राख्ने भएका छन् ।

प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू आज पनि आन्तरिक छलफलमा रहने एक न्यायाधीशले जानकारी दिए ।

न्यायाधीशहरू यसअघि प्रधानन्यायाधीशले तोकका पेसी र इजलासमा बसेका छैनन ।

तर, आफू पक्षीय केही न्यायाधीशसहित इजलासमा जाने रणनीतिमा प्रधानन्यायाधीश छन् । जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनको बैठक पनि आज बस्दैछ ।


प्रतिक्रिया दिनुहोस्