कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाँणलाई

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : २२


काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत जाँदैछन्। प्रधानमन्त्री देउवा विदेशभ्रमणमा जानेभएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन्।

बेलायत प्रस्थान गर्नुअघि प्रधानमन्त्री देउवाले बिहीबार साँझ नै खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएका हुन्।


प्रतिक्रिया दिनुहोस्