सोफी विल्मस बेल्जियमको प्रथम महिला प्रधानमन्त्री

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


ब्रसेल्स ।  बेल्जियमकी अर्थ तथा बजेट मन्त्री सोफी विल्मस् पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रच्न सफल हुनुभएको छ ।
 
नरम दक्षिणपन्थी धार बोकेको मुभ्मेन्ट रिफरम्याटर पार्टीकी नेत्री विल्मस देशको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा चुनिनुभएको हो । 

अक्टोबर २०१४ देखि सोफी विल्म्सको एमआर पार्टी मिशेल सरकारको हिस्साको रूपमा गठबन्धनमा थियो । बेल्जियमका निवर्तमान प्रधानमन्त्री चार्ल्स मिशेललाई समर्थन गरेको थियो । अहिले पनि उनीहरुकै समर्थनमा सोफी प्रधानमन्त्री बनेको बताइन्छ ।

उहाँलाई ४४ वर्षका राजा फिलिपद्वारा आइतबार बिहान औपचारिक राजकीय समारोहबीच शपथ गराइएको छ ।

२०१८ को डिसेम्बरबाटै अघिल्लो सरकारले विश्वासको मत गुमाएपछि बेल्जियममा मिचेलको नेतृत्वको सरकार काम चलाउ भएको थियो । गत मेमा भएको संसदीय चुनावमा कसैको स्पष्ट बहुमत आउन नसकेपछि सरकार गठनमा जटिलता देखिएको हो ।
 


प्रतिक्रिया दिनुहोस्