आजको राशिफलः कसको दिन शुभ कसको अशुभ? हेर्नुहोस्

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ७ : ०७


आज २०७८ साल कात्तिक महिनाको १२ गते शुक्रबार। सन् २०२१ अक्टोबर २९ तारिख। नेपाल संम्बत् ११४१। दक्षिणयान। कार्तिक कृष्ण पक्ष।बिहान सूर्योदय ६ः १३ र सूर्यास्त ५ः२० मिनेटमा हुनेछ । चन्द्रमा कर्कट राशिमा छ । आजको अभिजित मुर्हुतको समय भनेको बिहान ११ः२६ देखि १२ः१० सम्म छ।

हरेक दिन अभिजित मुहूर्त हुन्छ । यसलाई शास्त्रमा शुभमुहूर्त मानिन्छ । अध्यात्मप्रति आस्था राख्नेले गर्ने शुभकर्मका लागि अभिजित मुहूर्तको समयका कर्म गर्ने गर्दछन् । आजका देवता हुन लक्ष्मी, ग्रहदेव हुन सूर्य । सनातनशास्त्र सूर्य भगवान साक्षात नारायण हुन् । आजका तिथि स्वामी हुन ‘शिव’ । चन्द्रमा कर्कट राशिमा भएका हुनाले आजको दिन यात्रा गर्दा उत्तर दिशातर्फको यात्रालाई शुभ मानिन्छ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आज मेष राशिका मानिसमा मन चन्चल हुनसक्छ । पारिवारिक समस्याका कारण घरमा केही आन्तरिक कहल हुनसक्छ । आजको दिन मेषराशि भएका व्यक्तिका लागि मौन रहेर आफ्नो काम सम्पादन गर्नु उत्तम हुनेछ । परिवारभित्रका जेष्ठ सदस्यका कुरा सुनेर काम गर्नु राम्रो हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आफन्तजनसँगको मित्रभावका कारण साथ सहयोग मिल्ने छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । यात्राका लागि पनि आजको दिन उत्तम रहेको छ । तपाईँको समय श्रीबृद्धिका लागि अघि बढ्ने देखिन्छ । छोटो दुरीको यात्राको अवसर प्राप्त हुनसक्छ । यात्राबाट नयाँ कार्यको शुरुवात हुनसक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आज मिथुन राशि भएका व्यक्तिको चन्द्रमा गोचरमा छ । त्यसैले तपाईँको प्रस्तूतिमा प्रभाव पर्नेछ । त्यसको कारण मीठो भोजन र आकस्मिक धनलाभ पनि हुनसक्छ । आजको दिन आफन्त र परिवारजनबाट आर्थिक सहयोग प्राप्त गर्दा तपाईको उन्नती र प्रगतिको ढोका खुल्नसक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

यो राशिका व्यक्तिहरूले शारीरिक रूपमा कमजोरी महसुस गर्न सक्छन्। आज आफुलाई फिट राख्नको लागि, तपाई स्वास्थ्यमा सचेत हुनुपर्दछ। दाम्पत्य जीवनका लागि दिन अनुकूल रहनेछ। साझेदारी कार्यमा पनि दिन तपाईको पक्षमा देखिन्छ। व्यापारमा सामान्य आम्दामी हुनेछ। इच्छाएको काम पुरा हुनेछ। नाताको सहयोगले काम बन्नेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

वैदेशिक कम्पनीमा काम गर्नेहरुका लागि दिन रमाइलो रहने भए पनि विदेश जाने रहर थियो भने आज पुरा हुनसक्छ। आज शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

यस दिन चन्द्रमा तपाईको लाभको घरमा बस्ने भएकाले यस दिन तपाईलाई धेरै स्रोतबाट धन प्राप्ति हुनेछ । आफ्नो व्यापार सुरु गर्न चाहने यो राशिका व्यक्तिहरुको लागि आजको दिन धेरै राम्रो हुन सक्छ, आज तपाईले यस मामिलामा एक कदम अगाडि बढ्न सक्नुहुन्छ। व्यापार व्यवसायमा उन्नति र प्रगति हुनेछ । मानसिक रूपमा थकान महसुस हुनेछ। घरायसी मामिलामा चिन्ता बढ्नेछ। आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

यस दिन यस राशिका व्यक्तिहरूले कार्यक्षेत्रमा रोकिएका काम पनि पूरा गर्न सक्छन्। बेरोजगार भएकाले आज रोजगारी पाउन सक्नेछन् ।
नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

नोकरीमा दौडधुप बढी हुनेछ। प्रेममा प्रगति मिल्नेछ। कुटुम्बको सहयोगले फाइदा मिल्नेछ। आजको दिन वृश्चिक राशिका व्यक्तिहरूले पितासँग राम्रो समय बिताउने मौका पाउन सक्छन्। तपाईंले आफ्नो बुबाबाट केही राम्रो सल्लाह पनि पाउनुहुनेछ र आज तपाईंले जीवनमा धेरै समस्याहरूको समाधान पाउनुहुनेछ। यस राशिका कतिपय व्यक्तिले आजको दिन कामको सिलसिलामा यात्रा गर्नुपर्ने हुनसक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धनु राशि भएका व्यक्तिका लागि आजको दिन त्यति उत्तम मान्न सकिदैन । मनमा अनेक सोच, स्वास्थ्यमा समेत कष्ट आउन सक्छ । आकस्मिक नयाँ समस्या आउन सक्छ । मनमा भय, त्रास आउनसक्ने हुनाले आजको दिन नियमित बाहेक नयाँ काम, यात्रा र आफन्तजनसँगको भेटलाई यति उत्तम मान्न सकिदैन ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

दाम्पत्य जीवनमा हर्ष छाउने छ । व्यापार व्यबसायबाट अर्थलाभ, यात्राको लागि पनि अवसर र परिवारको साथ सहयोग पाउनु हुनेछ । बाहिरबाट घरमा आउँदा खाली हात घर प्रवेश नगर्नुहोला । परिवारजनका लागि खाने केही सामानहरु लिएर मात्र घर प्रवेश गर्नुभयो भने मकर राशि भएका व्यक्तिमा आजको दिन उमङ्ग छाउने छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

मनमा उल्लाहस रहन सक्छ । आजको दिन आर्थिक नोक्सानी हुने सम्भावना प्रवल छ । तपाईमाथि नकारात्मक सोच राख्ने शत्रुहरुमाथि विजयप्राप्त हुनेछ । आजको दिन तपाईले सोच अनुसारको काम हुनसक्छ । तर, आफूले गरेको काम गुप्त राख्नु फाइदाजनक हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आजको दिन मीन राशि भएका व्यक्तिको लागि नयाँ अवसरको कार्य थालनी शुभ मानिन्छ । रचनात्मक काम, कलाकारितातर्फ मन बहकिन सक्छ । सन्तान र परिवारबाट साथ सहयोग हुनेछ । आजको दिन मित्रमण्डलीसँगको भेट रचनात्मक हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ ।


प्रतिक्रिया दिनुहोस्