अमेरिकामा ‘एक्स’ लिंगको पहिलो पासपोर्ट जारी, एलजीबीटीक्यू समूहको ठूलो जित

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ८ : ४४


अमेरिकी विदेश विभागले ‘एक्स’ लिंग लेखिएको पहिलो पासपोर्ट जारी गरेको छ।

अमेरिकी विदेश विभागले बिहीबार मात्र एक्स लिंगको पासपोर्ट जारी गरेको औपचारिक जानकारी दिएको हो।

एलजीबीटीक्यू अधिकारको लागि विदेश विभागका विशेष दूतका अनुसार अमेरिकाको यो कदम जीवित वास्तविकता अनुरुप गरिएको हो।

यो एलजीबीटीक्यू समूहको ठूलो जित भएको पनि उल्लेख गरिएको छ। डेना जिम नामक व्यक्तिले एक्स लिंगको पहिलो पासपोर्ट पाएका हुन्।

अबदेखि अमेरिकामा एलजीबीटीक्यू समूहलाई जनाउन महिला र पुरुष लेखिने छैन। उनीहरुलाई सम्बोधन गर्न एक्स लेखिनेछ। एपी


प्रतिक्रिया दिनुहोस्