राप्रपा अध्यक्ष थापा चीनमा घाइते, छोडे जितिरहेको खेल

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १ : ०८


काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा चीनको सेन्जेन शहरमा हिजोदेखि सुरु आइटिएफ सेन्जेन अन्तराष्ट्रिय सिनियर सर्किटको दोस्रो खेलमा घाइते भएका छन् । पिँडौला र तिघ्राको मांसपेशीमा एकैसाथ गम्भीर समस्या भएकोले जितिरहेको खेल पनि थापाले बीचैमा छोडेका थिए ।  

भारतका अभिजित भारद्वाजलाई पहिलो सेटमा जितेपछि दोस्रो सेटमा ३–० ले जितिरहेको अवस्थामा मांसपेशीमा समस्या देखिएको थियो । सो सेट ६–३ मा गुमाएका थापाले रिटायर्ड हर्ट भएर तेस्रो सेट खेल्न सक्ने अवस्था नभएपछि खेल बीचमै परित्याग गरेका थिए । 

पिँडौलाबाट शुरु भएको समस्या तिघ्रा हुँदै ढाड र अन्य ठाउँमा पनि फैलिन थालेपछि खेल छोडिदिएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । घाइते भएपछि पहिलो दुई सेट २ घण्टा ३५ मिनेट लामो समयसम्म चलेको बर्तौलाले जनाए ।
 


प्रतिक्रिया दिनुहोस्