सिराहामा घर–घरमा खानेपानीको धारा आएपछि स्थानीय खुसी

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ७ : ४४


सिराहा। सिराहाको धनगढीमाई नगरपालिका १२ स्थित कालापानीका स्थानीय वर्षौदेखि खानेपानी अभावमा बाँचिरहेका थिए। तर, बिहीबारदेखि घर–घरका धारामा खानेपानी आएपछि उनीहरू खुसी बनेका छन्।

यसअघि उक्त क्षेत्रका ६० घर परिवार नजिकै रहेको सर्रे खोलाको पानी पिउँदै आएका थिए। धनगढीमाई नगरपालिकाको ३० लाख र समुदायको ३ लाख ३८ हजार गरी ३३ लाखको ३८ हजार लागतमा कालापानी खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो।

उक्त खानेपानी आयोजनाको उद्घाटन गर्दै नगरप्रमुख हरिनारायण चौधरीले मितव्ययिता ढंगले धारामा आएको शुद्ध पानी खान अनुरोध गरे। उनले बनेको संरचनालाई सबैले संरक्षण गर्न गर्नु पर्ने बताए।

पानी ल्याउने झन्झट एवं समय पनि बचत हुने भएकाले बचत भएको समयलाई सदुपयोग गर्दै आर्थिक उपार्जनमा लगाउन सबैमा नगरप्रमुख चौधरीको सुझाव छ।


प्रतिक्रिया दिनुहोस्