चितवन मेडिकल कलेजमा तोडफोड गर्नेहरुले तिरे क्षतिपूर्ति

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १ : ०६


भरतपुर । चितवन मेडिकल कलेजमा तोडफोड गर्नेहरुले क्षतिपूर्ति तिरेका छन् ।

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि तोडफोड गर्ने ११ जनाले  जनाले ११ लाख रुपैयाँ क्षतिपूर्ति तिरेका हुन्। 

गत कात्तिक ३ गते कलेज तोडफोड गर्ने ११ जना पक्राउ परेका थिए ।

कलेजले १४ लाख बराबरको क्षति भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा बिगो असुल उपर गरी पाउँ भन्दै मुद्दा दायर गरको थियो ।

उनीहरुविरूद्ध अभद्र व्यवहारमा चितवन प्रहरीले मुद्दा चलाएको थियो ।

नवलपरासीकी ३२ वर्षीया आशा ज्ञवालीको उपचारका क्रममा गत कात्तिक २ गते कलेजमा मृत्यु भएपछि आफन्त तोडफोडमा उत्रेका थिए। 


प्रतिक्रिया दिनुहोस्