प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाने, मन्त्रिपरिषद्ले दियो स्वीकृती

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ६ : ५३


काठमाडौं। सरकारले प्रधानसेनापति प्रभुराम शर्माको भारत भ्रमण स्वीकृत गरेको छ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको निमन्त्रणमा सेनापति शर्मा २३ कात्तिकमा भारत भ्रमणमा जाँदैछन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापति शर्माको नेृतत्वमा भारत भ्रमण दल टोलीलाई स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

उनकाअनुसार बैठकले नेपाली सेनाका उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस्