जनगायक शर्माको छोराको उपचारमा सहयोग

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १२ : ५८


काठमाडौं । जनगायक जीवन शर्माको छोराको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङले सहयोगको घोषणा गरेको छ । 

जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृतको उपचारमा सहयोग गर्न एक लाख एक हजार सहयोग गर्ने निर्णय गरिएकोे नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।

“जनताको मुक्तिका लागि गीत गाउने कलाकार शर्माको परिवारमाथि आइपरेको विपतमा साथ दिन सहयोग गर्ने निर्याण गरिएको हो”, उहाँले भन्नुभयो । केही दिनमै रकम हस्तान्तरण गरिने उहाँले बताउनुभयो । नेकपाका नेता, सांसद, जनप्रतिनिधिबाट सहयोग रकम सङ्कलन गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो । 
 
दशैँमा शर्माका छोरा अमृतको मासु खाने क्रममा हड्डी अड्केर अन्ननलीमा जटिल समस्या देखिएको हो ।

अमृतको उपचारमा ५० लाखभन्दा बढी खर्च हुने बताइएको छ । बागलुङवासी गायक शर्माको छोरा बचाउन जिल्लामा सहयोग अभियान सञ्चालन गरिएको छ ।

यसै क्रममा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान बागलुङ शाखाले रु ५१ हजार सङ्कलन गरी शर्मालाई हस्तान्तरण गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस्