संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ६ : ०१


काठमाडौं। सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठक संघीय संसदको चालु नवौँ अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस्