भारत, अमेरिका र बेलायतमा नयाँ राजदूत सिफारिस

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ५ : ५९


काठमाडौं। सरकारले विभिन्न देशका लागि राजदूत सिफारिस गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका र बेलायतमा नेपाली राजदूत पठाउन संसदीय सुनुवाइ समितिमा नामहरु सिफारिस गरेको हो।

यी देशबाट हालै सरकारले राजदूत फिर्ता बोलाएको थियो ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले दिएको जानकारीअनुसार मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको हो।


प्रतिक्रिया दिनुहोस्