माधव नेपाल भन्छन्ः केपी ओली गफाडी, घरघरमा ग्यास–पानीजहाज चलाउने रे

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ५ : ३८


नेकपा एमालेबाट फुटेको पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गफाडी भनेका छन्।

एकीकृत समाजवादी कञ्चनपुरको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेपालले भने,‘केपी ओली गफाडी हुन्। हामी कामकाजी। हामीबीच यहीँ भिन्नता छ। ओली गफमा रमाउने, हामी काममा। ओलीले घरघरमा ग्यास ल्याउने, पानी जहाज चलाउने नक्कली कुरा गरे।’

ओली गफमा रमाउने व्यक्ति भएको नेपालको टिप्पणी रहेको छ।


प्रतिक्रिया दिनुहोस्