आर्यन खानलाई ड्रग्स मामिलामा मिल्यो जमानत, ३ हप्तापछि जेल बाहिर

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ५ : २४


बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानलाई ड्रग्स मामिलामा जमानत मिलेको छ।

मंगलबारयता आर्यन खानको जमानतको विषयमा बम्बईको उच्च अदालतमा सुनुवाई चलिरहेको थियो।

आज बिहीबार उनलाई उच्च अदालतले जमानतमा छाड्न आदेश दिएको हो।

उनी ३ हप्तायता जेलमा बन्द थिए। आर्यन खानलाई क्रुज जहाजमा ड्रग्स पार्टी भइरहँदा पक्राउ गरिएको थियो।

आर्यन खानले ड्रग्स लिएका छन्?
आर्यन खानलाई एडीपीसी कानुनको धारा ८सी, २० बी र ३५ केको आधारमा गिरफ्तार गरिएको थियो।उनको चिकित्सकीय जाँच गर्ने भनिएको थियो। तर उनको रगत, पिसाब र कपालको नमूना परीक्षण भएन।

ड्रग्सको मामिलामा पक्राउ परेका अभियुक्तको खुन, पिसाबसँगै कपालको नमूना परीक्षण गरिन्छ। यसले लागुऔषध प्रयोग भएको छ छैन भनेर पत्ता लगाउँछ।

यो अवस्थामा जानकारहरु यो मान्छन कि एनसीबीको पुरा मुद्दा यो विषयका केन्द्रित छ कि आर्यन खान ड्रग्सको तस्करी र योजनामा सामिल थिए।

अधिवक्ता आशिमा मण्डलाले अभियोजन मुद्दामा धेरै कमजोरी रहेको बताउँछिन्। उनी भन्छिन्,‘अभियक्तमाथि जुन धारा लगाइएको छ त्यो ड्रग्सको कब्जा र प्रयोगसँग सम्बन्धित छ। तर अभियोजन पक्ष यी आरोप साबित गर्न कुनै ठोस प्रमाण पेश गर्न सकिरहेका छैनन्।’

मण्डलाका अनुसार सुरुवातमा एनसीबीले आर्यन खानसँग ड्रग्स भेटिएको बताएको थियो। तर पछि एनसीबीले ड्रग्स भेटेको अस्वीकार गरेको थियो। आर्यनले ड्रग्स लिएको भनेर पनि चर्चा भएको थियो तर आर्यनले हालसम्म ड्रग्स लिएको कुनै चिकित्सकीय प्रमाण छैन।

तर यो प्रश्न उठ्छ कि आर्यन खानको चिकित्सकीय जाँच किन भएन?


प्रतिक्रिया दिनुहोस्