कोरोना संक्रमण बढेपछि मस्कोमा एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ५ : ०३


मस्कोमा कोरोना भाइरस सङ्क्रमण वृद्धि भएपछि एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द गरिएको छ।

बुधबार एक दिनमा ४० हजार ९६ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति थपिएका छन्।

यस सङ्क्रमणको कारण १ हजार १५९ जनाको ज्यान गएको बिहीबार जानकारी दिइएको छ।

रुसमा कोरोनाबाट हालसम्म ८२ लाख २० हजार ९७५ जना सङ्क्रमति भएका छन्।

कोरोना सङ्क्रमणको कारण २ लाख २९ हजार ७२ जनाको मृत्यु भईसकेको छ।


प्रतिक्रिया दिनुहोस्