भुवन, शिव, करिश्मा र गौरी भन्छन्ः हामीलाई ‘महानायक–महानायिका’ उपाधि चाहिँदैन

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ४ : ५८


नेपाली सिने क्षेत्रमा पछिल्लो समय महानायक–महानायिका विवाद छताछुल्ल भएको छ।

राजेश हमाललाई कलाकार दिपाश्री निरौंलाले आफूले महानायक मान्न नसक्ने बताएपछि गतवर्षबाट महानायक–महानायिका विवाद सुरुवात भएको थियो।

जब दिपाश्री निरौलाले त्यसो भनिन् उनलाई हमालका फ्यानले सामाजिक संजालमा महिनौं ट्रोल गरिरहे। अन्ततः उनले राजेश हमालसँग माफी नै माग्नुपर्यो।

यसबीचमा एक संस्थाले नायिका करिष्मा मानन्धरलाई महानायिका भनेर सम्मान गर्यो। फेरि हालै मात्र नायिका गौरी मल्ललाई ‘महानायिका’ भनेपछि नायकद्धय शिव श्रेष्ठ र भुवन केसी विवादमा तानिए।

भुवन र शिवको यो कुराले नायिका करिश्मा मानन्धरल पनि खासै खुशी थिइनन्। यतिबेला करिश्मा मानन्धर बुधबार भुवन, शिव र गौरीको साथमा एक कार्यक्रममा देखिएकी छिन्।

त्यसबेला उनीहरुले संयुक्त रुपमा आफूहरुलाई ‘महानायक–महानायिका’ उपाधि नचाहिएको र कलाकार भनेर सम्बोधन गर्नुपर्ने बताएका छन्।

भुवन केसीले भनेका छन्,‘हामीलाई कलाकार शिव श्रेष्ठ। कलाकार गौरी मल्ल। कलाकार करिष्मा। कलाकार भुवन केसी भनेर सम्बोधन गर्नुहोस्।’

भुवनले यसो भनिरहँदा अन्य ३ कलाकारले उनको कुरामा समर्थन जनाएका थिए। करिश्माले पनि थप्दै भनिन्–‘हामीलाई कुनै उपाधि चाहिदैन। हाम्रो नामको अगाडि कलाकार जोडिदिए पुग्छ।’

शिव र गौरीले पनि आफूहरु कलाकार मात्र भएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्