एमालेको स्थायी कमिटी बैठक सुरु

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ४ : ५५


काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको छ । दशौं महाधिवेशनको तयारीका लागि निर्णय गर्न पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

आजको बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गर्ने, सहभागी प्रतिनिधिको संख्या निर्धारण गर्नेलगायतका निर्णय गर्ने नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । अहिले एमालेको वडा र पालिका तहको अधिवेशन जारी छ ।


प्रतिक्रिया दिनुहोस्