इमरान खान बस्ने कुर्सीमा युवतीले टिकटक भिडियो बनाएपछि..

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १२ : ५७


इस्लामावाद । पाकिस्तानी टिकटक स्टार हरीम शाहले बनाएको टिकटक भिडियो भारतीय मिडियामा चर्चाको बिषय बनेको छ । 

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर उनले भिडियो बनाएकि थिइन् । 

उक्त कार्यालयमा प्रधानमन्त्री इमरान खान बस्ने कुर्सीमा बसेर युवतीले भिडियो बनाएकि हुन् ।

अधिकारीहरुले भिडियोबारे अनुसन्धान भइरहेको जनाएका छन् ।

केहि ट्विटर प्रयोगकर्ताले प्रधानमन्त्री कार्यालयकै कर्मचारीले उनलाई अनुमति दिएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्