बाइडेन चीनविरुद्ध डटेर लागे, चिनियाँ प्रधानमन्त्रीकै अगाडि भनेः चीनविरुद्ध खडा हुन्छौं

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  २ : ३०


अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका दक्षिण एसियाली राष्ट्रको साथमा खडा हुने बताएका छन्। उनले ताइवानमा चीनको कारवाही शान्ति र सुरक्षाको लागि खतरा भएको पनि उल्लेख गरे।

उनले यो कुरा इस्ट एसिया समिटको भर्चुअल कार्यक्रममा बताएका हुन् जहाँ चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि सहभागी थिए।

बाइडेनले अमेरिकी लोकतन्त्रको लागि र समुद्री स्वतन्त्रताको रक्षाको लागि चीनविरुद्ध दक्षिण एसियाली राष्ट्रको साथमा उभिने उल्लेख गरेका हुन्। उनले ताइवानमा चीनले जर्बजस्ती कारवाही अगाडि बढाएको आरोप लगाउँदै त्यो शान्ति र स्थिरताको लागि खतरा भएको जनाए।

बाइडेनले हिन्द–प्रशान्त क्षेत्रमा आर्थिक संजाल विकसित गर्न सहयोगी देशसँग छलफल सुरु गर्ने पनि बताए। बाइडेनले सो क्रममा चीनले आफ्नो क्षेत्र भएको दाबी गर्ने ताइवानको विषयमा जोड दिँदै भने,‘ताइवानको लागि अमेरिका प्रतिवद्ध छ। हामी चीनको जबर्जस्ती कारवाहीबाट चिन्तित छौं।’

यसअघि चीनले कारवाही गरेको खण्डमा ताइवान रक्षा गर्न अमेरिका अगाडि बढ्ने बाइडेनले बताएका थिए।


प्रतिक्रिया दिनुहोस्