सरकारले फिर्ता बोलाएपछि फर्किए अमेरिकाका लागि नेपाली राजदूत खतिवडा

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १ : ००


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती केपी ओली सरकारले गरेका सबै राजदूतलाई फिर्ता बोलाएपछि अमेरिकाका लागि नेपाली राजदुत डा.युवराज खतिवडा पनि स्वदेश फर्किएका छन्।

देउवा सरकारले ओली सरकारका पालामा नियुक्त भएका राजदुतहरु फिर्ता बोलाउने निर्णय गरेपछि खतिवडा नेपाल आएका हुन्। यसअघि ओली सरकारका पालामा खतिवडा अर्थमन्त्री पनि थिए।

पछि ‌ओली सरकारले उनलाई अमेरिकाको राजदूत नियुक्त गरेको थियो। खतिवडा ओलीका विश्वास पात्र मानिन्छन्।

 


प्रतिक्रिया दिनुहोस्