टि-२० विश्वकप: पाकिस्तानको जितमा पटका पड्काउनेमाथि देशद्रोहको मुद्धा चलाउन निर्देशन

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १२ : ०२


लखनउ। आईसिसी टि-२० विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई पराजित गरेको छ।

भारतलाई हराएपछि पाकिस्तानी खेलाडीहरुले प्रशंसा पाइरहेका छन। राजनीतिकरुपमा दुश्मनीपूर्ण सम्बन्ध रहेका यी दुईदेशबीचको खेललाई पनि ठूलो हारजितको रुपमा हेरिन्छ।

यसैबीच, भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले वर्ल्ड कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेलमा पाकिस्तानले जितेको खुशियालीमा पटका पड्काउने भारतीयहरुमाथि मुद्धा दर्ता गर्न निर्देशन दिएका छन।

भारतमा पाकिस्तानको जितको खुसी मनाउनेमाथि देशद्रोहको मुद्दा दर्ता गर्न मुख्यमन्त्री आदित्यनाथले निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन।


प्रतिक्रिया दिनुहोस्