गृहमन्त्रीका छोराको डिएनए टेष्ट गर्न तरुण दलको माग

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : ५६


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले गृहमन्त्री रामबहादुर थापाका छोराको डिएनए टेष्ट गर्न माग गरेका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा उकत संगठनका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्रीका छोराको डीएनए परीक्षण गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा बस्नेतले भने, ‘मैले धेरैचोटी भनिसकेको छु, गृहमन्त्री रामबहादुर थापाज्यू तपाईंको छोरामाथि बलात्कारको आरोप लागेको छ, मलाईरतरुण दललाई गलत सावित गर्न एक पटक तपाईंको छोराको डीएनए टेस्ट गरौं ।’

 कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको २०७५ साउनमा बलात्कारपछि हत्या भएको थियो । हत्यारा अझै पत्ता लगाउन लगाउँन सकिएको छैन । 


प्रतिक्रिया दिनुहोस्