शहरी विकास मन्त्री झाँक्री बिरामी, अस्पताल भर्ना

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १० : ४७


शेरबहादुर देउवा नेतृत्वको सरकारकी शहरी विकास मन्त्री रामकुमारी झाँक्री बिरामी परेकी छन।

उनलाई निमोनिया भएपछि वीर अस्पताल भर्ना गरिएको छ।

निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए।

“सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भने, “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो। अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ।”

मौसमी ज्वरोका कारण मन्त्री झाँक्री केही दिनदेखि अस्वस्थ थिइन्। झाँक्रीको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ।

उनका श्रीमानलाई भने कोरोना संक्रमण देखिएको छ। मन्त्री झाँक्री अझैं दुई/तीन दिन अस्पताल बस्नुपर्ने अस्पताल स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्