असान्जलाई सुपुर्दगी गर्न अमेरिकाले गर्‍यो बेलायतसँग अनुरोध

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १० : ३३


न्युयोर्क । अमेरिकी कानूनविदले विकिलिक्सका संस्थापक जुलियान असान्जलाई सुपुर्दगी गर्न बेलायतको उच्च न्यायालसमक्ष अनुरोध गरेका छन् । अमेरिकाविरुद्ध गुप्तचर गरेको र अन्य आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा असान्जलाई सुपुर्दगी गर्न अमेरिकी वकिलहरुले माग गरेका हुन् ।

यसअघि लन्डनको एक अदालतले असान्जलाई अमेरिकालाई सुम्पिने हो भने त्यसले निकै खराब परिणाम निम्त्याउने चेतावनी दिएको थियो । असान्जको मानिस स्वास्थ्य जटिल बनेको बेलायतको भनाई छ । ५० वर्षीय असान्जालाई कैदमा नराखिने अमेरिकाले अदालतलाई वचन दिएको छ, तर अमेरिकी वचनप्रति बेलायत विश्वस्त हुन सकेको छैन् ।

अमेरिकी सरकारका वकिलहरुले असान्जलाई सुपुर्दगी नगर्ने फैसला उल्टाउन बेलायतको उच्च अदालतलाई अनुरोध गरेका छन् । असान्जले ‘क्लिनिकल र मनोवैज्ञानिक उपचार’ पाउने र स्वदेश फिर्तिका लागि सहज गरिदिनेसमेत वकिलहरुले बताएका छन् ।

तर, असान्जलाई अमेरिकाले जेलमा लैजाने र उनीविरुद्ध मुद्दा चलाउन सक्ने उनका वकिलहरुले आशंका गरेका छन् । असान्ज सन् २०१९ देखि लन्डनको एक कारागारमा छन् ।


प्रतिक्रिया दिनुहोस्