कुवेतमा एक नेपालीको मृत्यु

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : ०९


कुवेत । कुवेतमा एक नेपाली युवकको मृत्यु भएको छ । 

भोजपुरका ३९ वर्षीय पदम बहादुर मगर गत बुधवार दिउँसो आफू कार्यरत  कम्पनीको कार्यस्थलमा मृत अवस्थामा भेटिएका हुन्।

रोजगारीका लागि ६ महिना अघिमात्रै कुवेत गएका मगर आरआईसी कुलेक्स कम्पनीमा कार्यरत रहेको बताइएको छ । 

बुधवार दिउँसोको डिउटीमा रहेका मगर काम सकेर कोठामा आएका थिएनन् । कामबाट सधै फर्कने समयमा नर्फकेपछि खोजी गर्दा उनी कम्पनीको कार्यस्थलमा भुँईमै लडेको अवस्थामा भेटिएको बताइएको छ ।
उनको मृत्युको कारण खुल्न सकेको छैन। घटनाको कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । मृतक मगरको शव पोस्टमार्टका लागि अस्पतालमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस्