सर्वोच्चको विवादमा बाबुरामको प्रश्नः सतीदेवीलाई काँधमा बोकेर भौंतारिने कि बेलैमा सदगत गर्ने?

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ९ : ०३


काठमाडौं। सर्वोच्च अदालतमा देखिएको पछिल्लो विवादबारे पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुख खोलेका छन्।

डा.भट्टराईले क्रान्तिपछि राज्यका पुराना निकायहरुलाई यथास्थितीमै राख्दा यस्तो परिणाम देखिएको बताएका छन।

प्रधानन्यायाधीश प्रकरणमा सत्ता गठबन्धनका कोही पनि नेता नबोलेको भनेर आलोचना भइरहेका बेला डा.भट्टराईले बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।

‘सतीदेवीको अंगपतन भएझैं नेपालको राज्यका स्थायी अंग एकपछि अर्को पतनको संघारमा पुग्नु गम्भीर विषय हो’, डा.भट्टराईले भनेका छन्, ‘त्यत्रो युगीन क्रान्तिपछि पुरानो राज्यका थोत्रा अंग यथावत् बोकेर हिँड्नुको दुष्परिणाम हो यो। हामी पनि महादेवले मरेकी सतीदेवीलाई काँधमा बोकेर भौंतारिए झैं गर्ने कि बेलैमा सदगत गर्ने?’


प्रतिक्रिया दिनुहोस्