ताप्लेजुङ: सात स्थानीय तहमा एमालेले पायो नयाँ नेतृत्व, दुई वटामा अधिवेशन सर्‍यो

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ८ : ५४


ताप्लेजुङ। नेकपा (एमाले)ले ताप्लेजुङका नौमध्ये सात स्थानीय तहमा नेतृत्व चयन गरेको छ । मेरिङ्देन गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा अधिवेशन क्रमशः १२ र २७ कात्तिकमा हुने भएको छ ।

नेतृत्व चयन भएका सातमध्ये ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने मैवाखोला गाउँपालिकामा निर्वाचन भएको छ।

अधिवेशन सुरु भएको दुई दिनपछि फुङ्लिङ नगरपालिकामा भरतकुमार गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन भएको छ। उपाध्यक्षमा ज्ञानु लावती, सचिवमा राजेश प्याकुरेल, उपसचिवमा मीना आचार्य बराल र डिल्लीप्रसाद घिमिरे चयन भएका छन्।

मैवाखोला गाउँपालिका अध्यक्षमा लालकाजी वनेम निर्वाचित भएका छन् । त्यहाँ दिवस चोङ्वाङ र गणेश प्रसाईँसमेत अध्यक्षका प्रतिस्पर्धी थिए।

उपाध्यक्षमा आसा थोप्रा, सचिवमा रुपेन्द्र वनेम, उपसचिवमा चिरिञ्जीवी चोङ्वाङ र रुपनारायण घिमिरे निर्वाचित भएका छन् ।

मिक्वाखोला गाउँपालिकामा दिवस लिवाङ अध्यक्षमा सर्वसम्ममत चयन भएका छन् । उपाध्यक्षमा प्रताप साँवा, सचिवमा लक्ष्मी थलङ र उपसचिवमा तोम अधिकारी चयन भएका छन्।

पाथीभरा याङ्वरक गाउँपालिकामा बिक्रम मेन्याङ्वो अध्यक्ष रहेको कमिटी बनेको छ । उपाध्यक्षमा भीम साम्सोहाङ, सचिवमा लोकनाथ खतिवडा र उपससचिवमा पूर्ण तिवारी चयन भएका छन् ।

सिरिजंगा गाउँपालिकामा सन्तोष चाम्लिङ अध्यक्ष रहेको कमिटी बनेको छ । कमिटी उपाध्यक्षमा इन्द्र घतानी, सचिवमा पूर्ण डाँगी, उपसचिवमा नवीन थेबे र दीपेन्द्र लिम्बू चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्