दिउँसो २ बजे प्रतिनिधिसभा बैठक, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ८ : ३१


संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ। संघीय संसद सचिवालयका अनुसार
बैठक दिउँसो २ बजे बस्नेछ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची छ।

यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो। तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो।

 


प्रतिक्रिया दिनुहोस्