सर्वोच्चका पूर्वन्यायाधीश लम्साल रहेनन्

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ८ : ०३


सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ ।

काठमाडौंको मेडिकेयर अस्पतालमा उपचार गराइरहेका लम्सालको ८४ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको भतिजी अमृता लम्सालले जानकारी दिइन् ।

उनमा विगतमा मुटुसम्बन्धी समस्या थियो भने पछिल्लो पटक तीन दिन अघि स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

सरकारले सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न २०५८ मा लम्सालको अध्यक्षतामा एक न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो।


प्रतिक्रिया दिनुहोस्