बायर्नको लज्जास्पद हार

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ७ : ४९


जर्मन बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले डिएफबी कपमा बोरुसिया मोन्चेनग्लाडबाकसँग लज्जास्पद हार व्यहोरेको छ।

बुधबार राति भएको खेलमा बायर्न मोन्चेनग्लाडबाकसँग ५-० गोल अन्तरले पराजित भएको हो।

बोरुसिया पार्कमा मान्चेनग्लाडबाकलाई जिताउन ब्रिल एम्बोलो र रामी बेन्सबाइनिले समान २ तथा कउडियो कोनेले १ गोल गरे।

खेलको दोस्रो मिनेटमा नै कोउडियो कोनेले गोल गरे। यसपछि खेलको १५ र २१ मिनेटमा रामी बेन्सबाइनिको लगातार दुई गोल गर्दा घरेलु टोलीले ३–० को अग्रता बनायो।

दोस्रो हाफको ५१ र ५७ मिनेटमा ब्रिल एम्बोलोले दुई गोल गर्दै टोलीको अग्रता ५–० को बनाए।

हारसँगै बायर्न लगातार दोस्रो सिजन प्रतियोगिताको सुरुवाती चरणमानै बाहिरियो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्