एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल र ताजकिस्तान खेल्दै

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ७ : ३०


नेपालले एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा आज बिहीबार घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

बिहीबार रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टोली ताजकिस्तानसँग नेपाली समय अनुसार राति पौने ८ बजे खेल्नेछ।

पहिलो खेलमा बलियो इरानसँग ४–० गोल अन्तरले पराजित नेपाल घरेलु टिमविरुद्ध पहिलो जित र अंकको खोजीमा छ।

इरानविरुद्धको खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र कप्तान अर्पण कार्कीले बाकी दुई खेलमा स्पष्ट जितका लागि खेल्ने बताएका छन्।

ताजिकिस्तान लगातार दोस्रो जितको खोजीमा छ। पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो।

यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा छ। अंकविहीन लेबनान तेस्रो र नेपाल पुछारमा छ । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ।

समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् ।


प्रतिक्रिया दिनुहोस्