आज कात्तिक ११ गतेः कसको राशिफल कस्तो छ? हेर्नुहोस्

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ७ : १९


आज कात्तिक महिनाको ११ गते बिहीबार। सन् २०२१ अक्टोबर २८ तारिख। नेपाल संम्बत् ११४१ । दक्षिणयान । कार्तिक कृष्ण पक्ष । सत्तमी तिथी । आज कुन राशिको दिन कस्तो छ ? तल हेर्नुहोस

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मेषराशि हुनेहरुले आज तनाव र क्रोधबाट टाढा रहनुहोला। अन्यथा धन हानि हुनुका साथै समस्यामा पर्न सक्छ। गलत र अनैतिक गतिविधिबाट पैसा कमाउने प्रयास नगर्नुहोला। नयाँ काममा आत्मबल बढ्नेछ। पुरानो काममा प्रगतिदेखिनेछ। मनोरन्जनमा रुचि जानेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

घरायसी बढी खर्च हुने्छ। व्यर्थमा समय जानेछ।साझेदारी काममा अरुले फाइदा पाउनेछन्।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यवसायमा आम्दामी हुनेछ। सोचेको कुरा पुग्नेछ।व्यवसायमा राम्रो प्रस्ताव आउनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आज तपाईको राशिमा चन्द्रमा छ। पैसाको हिसाबले आजको दिन तपाईका लागि महत्त्वपूर्ण छ। पुँजी सावधानीपूर्वक प्रयोग गर्नुहोला। भविष्यलाई ध्यानमा राखेर लगानी गर्न सकिन्छ। यसका लागि आज राम्रो अवसर पनि मिल्नेछ। राजनीतिक लाभ हुनेछ। काममा प्रशंसा मिल्नेछ। जागिरमा जिम्मेवारी थप हुनेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

वैदेशिक फाइदा हुनेछ। परोपकारमा ध्यान जानेछ ।सामाजिक काममा व्यस्तता बढ्नेछ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

पुँजीको अभावले महत्त्वपूर्ण कार्य सम्पन्न गर्न बाधा पुग्न सक्छ। ऋणको स्थिति पनि आउन सक्छ। आफूलाई धैर्य राख्नुहोला। नयाँ लगानीको कार्य अधुरो हुने। अपजसको सामनागर्नु पर्नेछ। विसन्चोले वाधा गर्नेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पारिवारिक यात्राको सुख मिल्नेछ। प्रेममा सम्वन्ध वृद्धिहुनेछ। प्रियजनले साथ दिनेछन्।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

स्फुर्ति र जागर बढ्नेछ। खेलकुदमा रुचि जानेछ। स्वास्थ्यमा सुधार आउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ।

मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

हाँसखेल र मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। आफन्तको सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ। व्यवसायको सन्दर्भमा यात्रा हुनेछ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ। दिगो काम थाल्ने समय छ।

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। व्यापार बढ्न सक्छ। आज गरेको प्रयासले आम्दानीका स्रोतहरू विकास गर्न मद्दत गर्नेछ। आत्मविश्वास कायम रहनेछ। अरूलाई प्रभाव पार्न सफल हुनुहुनेछ। क्रोध र बोली दोषबाट बच्ने प्रयास गर्नुहोला। राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।


प्रतिक्रिया दिनुहोस्