कलेज सञ्चालक अन्सारीमाथि कारबाही गर्न विद्यार्थीको माग

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ८ : १८


काठमाडौं । एमबिबिएस विद्यार्थीमाथि कुटपिट गर्न गुण्डा प्रयोग गर्ने आरोप लागेको नेसनल मेडिकल सञ्चालकमाथि कारबाही गर्न विद्यार्थीहरुल्ो माग गरेका छन् । 

अवैध शुल्क विरुद्ध आवाज उठाउँदा विद्यार्थीमाथि अन्सारीनै हातपातमा उत्रेको भन्दै चिकित्सा शिक्षा संर्घष समितिले उनीमाथि कारबाहीका लागि माग गरेको छ । 

काठमाडौंमा सम्पन्न एक अन्तरक्रिया कार्यक्रममा संर्घष समितिका संयोजक प्रकाश चन्दले अन्सारी सञ्चालक नभई गुण्डा रहेको आरोप लगाए ।

यस्तै विभिन्न विद्यार्थी संगठनहरुले पनि अन्सारीमाथि कारबाहीका लागि सरकार समक्ष आग्रह गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्