१४ औं महाधिवेशन २७ मंसिरदेखि गर्ने कांग्रेस निर्वाचन समितिको प्रस्ताव

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ८ : ४१


नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको छ।

निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको हो।

प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ।


प्रतिक्रिया दिनुहोस्