क्यानद्वारा राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ८ : ३२


काठमाडौं। रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ।

क्यानले बुधबार मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा रहेको टोलीमा क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो।

नेपालले आईसीसी महिला टी– ट्वान्टी विश्वकपको एसियाली छनोट खेल्नेछ।

प्रशिक्षक टमाटाले २४ जना खेलाडीबाट अन्तिम १४ जना खेलाडीको नाम सार्वजनिक गरेका हुन्।

यूएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ।

No description available.


प्रतिक्रिया दिनुहोस्