बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ८ : १७


धनगढी। बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन्। शिवनाथ गाउँपालिका १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए। ‘कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ’ उनले भने।

प्रहरीका अनुसार आठ जना पौडी खेलेर ज्यान जोगाउन सफल भएका छन्। बेपत्ता हुनेहरूको पहिचान खुल्न सकेको छैन। घटनाको थप विवरण आउन बाँकी रहेको निरीक्षक खड्काले बताए।


प्रतिक्रिया दिनुहोस्