चीनको नयाँ सीमा कानुनपछि भारतले भन्योः यो हाम्रो लागि चिन्ताको विषय

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ७ : ४६


चीनको नयाँ सीमा कानुनलाई भारतले चिन्ताको विषय भएको बताएको छ। भारतले चीनको कानुन एकतर्फी भएको भन्दै असन्तुष्टी जनाएको हो।

चीनको नयाँ कानुनले सीमासँग सम्बन्धित मुद्दामा हाल स्थापित द्विपक्षीय व्यवस्था र त्यससँग सम्बन्धित प्रश्नलाई असर पर्नसक्ने भारतले औपचारिक रुपमा बताएको हो।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भनेका छन्,‘चीनले कानुनको बहानामा भारत–चीन सीमामा कुनै एकतर्फी परिवर्तन आउने गरी त्यस्तो कुनै पनि कारबाही गर्दैन भन्ने भारतको आशा छ।’

वास्तविक नियन्त्रण रेखामा भारत चीनबीच भइसकेको सम्झौतालाई चीनको कानुनले असर पुर्याउनसक्ने भारतको चिन्ता छ।

Bull in the China Shop: The Indian Army vs The PLA

के हो नयाँ कानुन?
चीन र भारतबीच लद्दाख र पूर्वोतर क्षेत्रमा सीमा विवाद जारी रहेकोे समयमा चीनले नयाँ कानुन ल्याएको हो। सीमा विवाद सुल्झाउन लद्दाखमा चीन र भारतका कमाण्डरबीच एकवर्षयता छलफल जारी छ तर गतिरोध अन्त्य हुन सकेको छैन।

चीनले नयाँ सीमा कानूनमा सीमा रक्षालाई ‘चीनको सार्वभौमसत्ता र भौगोलिक अखण्डता’सँग जोडेको छ। यद्यपी यो जानकारी दिइएको छैन कि सीमा कानुनपछि पनि सीमा सुरक्षाको तरिकामा बदलाव हुनेछ। तर नयाँ कानुनले चीनलाई आफ्नो सीमा सुरक्षा गर्न आत्मविश्वास दिनेछ।

कानुनअनुसार सीमा सुरक्षाको खतरा पैदा भएको खण्डमा, सैन्य टकराब वा युद्धको स्थितीमा चीनले आफ्नो सीमा बन्द गर्नसक्नेछ। कानुनअनुसार सीमासँग जोडिएको क्षेत्रमा चीनले पूर्वाधार निर्माण गर्नेछ।

कानुनले भन्छ कि सीमामा जोडिएको इलाकाको सीमा सुरक्षा मजबुत गर्न, आर्थिक र सामाजिक विकासमा सहयोग पुर्याउन, सार्वजनिक सेवा र आधारभूत ढाँचामा सुधार ल्याउन कानुनले भूमिका खेल्नेछ। बीबीसी

यो पनिः के चीनले ल्याएको सीमा कानुनले भारत चिन्तित हुनुपर्छ?


प्रतिक्रिया दिनुहोस्