कपिलवस्तुमा करेन्ट लागेर एक महिलाको मृत्यु

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ६ : ५५


कपिलवस्तु। कपिलवस्तुमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मायादेवी गाउँपालिका–८ जिग्नीहवा बस्ने ५२ वर्षकी मालती बर्गाह रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए।

मंगलबार साँझ घरको दलानमा रहेको स्विच अन गर्ने क्रममा करेन्ट लागेर उनको ज्यान गएको हो।

माइती पक्ष र भारतमा रहेका छोरा आएपछि बुधबार दिउँसो शवको पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल लगिएको छ। घटनाको विषयमा इलाका प्रहरी कार्यालय पकडीले अनुसन्धान थालेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्