तिहारमा फुल बेचेर आम्दानी (फोटोफिचर)

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ६ : ४८


काठमाडौँ । मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका वडा नंं. ३ का फूल व्यापारी विकास तामाङ्गलाई अहिले फूल विक्री गर्न भ्याइ नभ्याइ छ ।

कालिमाटी बजारको नजिकैबाट बगिरहेको नदीको छेउमा व्यापारका लागि फूलमालाको ठुलै चाङ्ग लगाएर ग्राहकलाई माला बेच्दै हुनुहुन्छ  ।

रोडको दुवै छेउमा जताततै सयपत्री, मखमली र लक्ष्मी फूलहरुले झिलीमिली देखिन्छ । यती मात्र होइन भाईटिकामा चाहिने सप्तरङ्गी रङहरू तथा फलफूल, भाई मसला आदीको सामग्रीलेपनि सडकका छेउछाउमा टेक्न सम्म ठाउँ छैन ।

अहिलेसम्म करीब एक लाखको फूलका मालाहरू बेचेको उहाँले बताउनु भयो । 

विहान चार वजे फूलहरू झारेर बसेकी सोही गाउँपालिकाकी रमिला लामाले आफुले अहिलेसम्म पैँतिस हजारसम्मको मालाहरू विक्री गरेको बताउनु भयो । प्रति फूलको थुङ्गा तिस र पाँचवटामालाको एक हजारमा विक्री गरेको बताउनु भयो ।

त्यस्तै सोही गाउँपालिकाका  जनक लामाले भन्नु भयो, 'मेरो आफ्नै दुई रोपनी जग्गामा फूलखेती छ र वाँकी छिमेकीबाटै किनेर ल्याउनेहो । मैले यहाँ फूल राखेको दुई दिन भैसक्यो । व्यापार राम्रै भएको छ ।'' अहिलेसम्म एक लाखसम्मको फूल विक्री भएको उहाँले बाताउनु भयो ।

 

 

 


प्रतिक्रिया दिनुहोस्