प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची…

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ५ : ५१


काठमाडौं। प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ।

सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७–७८’ पेस गर्ने उल्लेख छ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई प्रश्न उठाएर प्रमुख प्रतिपक्षी दल एमालेले जारी अधिवेशनका हरेक बैठकमा नाराबाजी गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्