बन्दीप्रत्यक्षीकरणको मुद्दा ‘बंक’ गर्ने न्यायाधीशविरुद्ध अदालतमा रिट दर्ता गर्ने तयारी

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ५ : ०६


काठमाडौं। बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत सुनुवाइ नगरेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले १८ न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर फर्किएका अभियानकर्मीमध्येका अधिवक्ता स्वागत नेपालले बन्दीप्रत्यक्षीकरण जस्तो संवेदनशील मुद्दाको समेत सुनुवाइ नगरेको भन्दै प्रधानन्यायाधीशलाई आपत्ति जनाइसकेको र बिहीबार पनि सुनुवाइ नगरे मुद्दा दर्ताको तयारी गरेको जानकारी दिए।

न्यायाधीशसँगै सिंगो नेपाल बार प्रधानन्यायाधीशविरुद्ध लागिरहेका बेला नेपालसहितका अधिवक्ताहरू कृष्ण प्रसाई, अनिल उपाध्याय, नवीन मैनालीलगायत १५ कानुन व्यवसायी आन्दोलनका नाममा मुद्दा नहेर्ने न्यायाधीशविरुद्ध मुद्दाको तयारीमा जुटेका हुन्।

‘बिहीबार पनि न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरण जस्ता मुद्दा हेरेनन् भने हामी सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्छौं,’ अधिवक्ता नेपालले न्युज कारखानासँग भने।


प्रतिक्रिया दिनुहोस्