माधव नेपालको नेकपा एसले पायो चुनाव चिन्ह ‘कलम’

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ५ : ००


काठमाडौं। नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ। निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो।

नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आयोगले एकीकृत समाजवादीलाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झन्डाका रूपमा मान्यता दिएको छ।


प्रतिक्रिया दिनुहोस्