यौन दुर्व्यवहार गर्न खोज्ने पुरुषले महिला मुवा थाई फाइटरबाट भेटे राम–धुलाई!

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ४ : ५४


ब्राजिलमा गतहप्ताको बुधबार बसमा यात्रा गरिरहेकी एक महिलामाथि एक पुरुषले यौन दुर्व्यवहार गर्न खोज्छन्।

तर ती पुरुषले जसलाई यौन दुर्व्यवहार गर्न खोजेका हुन्छन् उनी मुवा थाई फाइटर हुन्छिन् जसकारण ती पुरुषले बस भित्रै राम–धुलाई भेट्छन्।

डेलीमेलका अनुसार ती पुरुषले पछाडिबाट महिलाको शरीरमा अनावश्यक रुपमा छुन खोज्छन्। यतिसम्म कि पुरुषले आफ्नो यौनांग महिलाको शरीरमा छुवाउन खोज्छन्। पुरुषले आफ्नो पेन्टको चेन नै खोलिसकेका हुन्छन्।

बेलम शहरमा भएको यो घटना भिडिओमा रेकर्ड भएको पाइएको छ। भिडिओमा महिलाले यौन दुर्व्यवहार गर्न खोज्ने पुरुषलाई घाँटीमा हातले अठ्याएको देख्न सकिन्छ।

ती पुरुष झन्डै बेहोस हुन्छन्। ड्राइभरले गाडी त्यसपछि प्रहरी चौकी अगाडि रोक्छन् र ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाइन्छ।

भिडिओ


प्रतिक्रिया दिनुहोस्