सिरहामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, पाँच जना घाइते

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ४ : १७


सिरहा। सिरहाको धनगढीमाई नगरपालिका–५ जयपुरमा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

घर लिपपोत गर्नका लागि माटो लिन गएकी प्रकाश कामैतको ११ वर्षीय छोरी करिष्माकुमारी कामैतको खसेको ढिस्कोले पुरिएर मृत्यु भएको हो।

उनकी आमासहित पाँच जना भने घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ।


प्रतिक्रिया दिनुहोस्