सुनको मूल्य तोलामा ६ सयले घट्यो, यस्तो छ आजको बजार भाउ

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ३ : ३०


काठमाडौं। साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा बुधबार ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो।

बुधबार छापावाल सुनप्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको एक हजार २६५ रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्