अटेरी ब्राजिलका राष्ट्रपतिविरुद्ध अपराधिक मुद्दा लगाउन संसदीय समितिको सुझाव

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ३ : २०


रियो दि जेनेरियो। ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनाविरुद्ध अपराधिक मुद्दा लगाउन सुझाव दिएको छ।

कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कदम नचालेको विषयमा सिनेटले तयार गरेको एक प्रतिवेदनका आधारमा संसदीय समितिले राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन सुझाव दिएको हो।

ब्राजिलमा कोभिडका कारण ६ लाख जनाको मृत्यु भइसकेको । समितिले आफ्नो प्रतिवेदन महान्यायाधिवक्तालाई बुझाउने छ।

प्रतिवेदनमा राष्ट्रपतिले महामारीको समयमा १३ गम्भीर अपराध गरेको आरोप लगाएको छ। ६ महिना लामो अध्ययनपछि तयार पारिएको १२ सय पेज लामो प्रतिवेदनमा बोल्सोनारोमाथि बिभिन्न १३ ओटा आरोप लगाइएको छ।

राष्ट्रपतिले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएका छन्।

बोल्सोनारोले सुरुवातदेखि कोरोनाविरुद्धको नियम अटेर गर्दै आएका छन्। उनी मास्क लगाउन मान्दैनन् भने उनले हालसम्म खोप पनि लगाएका छैनन्।

उनी कोरोना भाइरसलाई सामान्य रुघाखोकी भन्दछन्।


प्रतिक्रिया दिनुहोस्