सुनील सेठ्ठीका छोरा आहानको डेब्यु फिल्म ‘तडप’ को ट्रेलर सार्वजनिक

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ३ : १३


काठमाडौं। बलिउड अभिनेता सुनील सेठ्ठीका छोरा आहान सेठ्ठीको डेब्यु फिल्म ‘तडप’ को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ।

पौने तीन मिनेट लामो ट्रेलरमा आहान एक्सनका साथै लभर ब्वाईका रूपमा प्रस्तुत भएका छन्।

३ डिसेम्बरमा प्रदर्शन हुने फिल्मको मंगलबार टिजर सार्वजनिक गरिएको थियो। टिजरमा आहानलाई पछाडि मात्रै देखाएको छ। त्यसले दर्शकमा कुतुहलता पैदा गर्न पुग्यो।

मिलन लुथरिया निर्देशित फिल्ममा आहानको जोडी तारा सुतरिया छिन्। भारतको उत्तराखण्ड, मसुरिका युवा इशान आहान र बिदेशबाट आएकी रमीशा तारा बीचको प्रेमकथालाई प्रस्तुत गरिएको बताइने फिल्मको ट्रेलरले दर्शकको उत्साहजनक प्रतिक्रिया पाइरहेको छ।

भिडिओ


प्रतिक्रिया दिनुहोस्