आर्थिक लेनदेन नमिल्दा बालकको अपहरण, ६ लाख बुझाएपछि मुक्त

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ३ : १०


कपिलवस्तु। आर्थिक लेनदेन र अपहरण गर्दा लागेको पैसा बुझाएपछि कपिलवस्तुका अपहरित बालक मुक्त भएका छन्।

अपहरण गर्ने भारतीय नागरिकलाई तिर्नुपर्ने दुई लाख १० हजार भारुसहित ६ लाख रुपैयाँ बुझाएपछि बालकको सकुशल उद्धार भएको स्रोतले बताएको छ।

कपिलवस्तुको शुद्धोदन गाउँपालिका–३ गुलरीक पाँच वर्षीय बालक सलमान खान डफाली मंगलबार दिउँसो १ बजे अपहरणमा परेका थिए।

प्रहरीमा दिएको जाहेरीअनुसार भारतको सिद्धार्थ नगर जिल्ला अलिगडवा बस्ने मौफुस मुसलमानले बालकको परिवारसँग लेनदेनको विषयलाई लिएर अपहरण गरेका थिए..।

घरमा कोही नभएको अवस्थामा बालकलाई भेटी पसलमा पान लिन पठाउने क्रममा अपहरण भएको थियो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतीय प्रहरीको सहयोगमा बुधवार राति पौने ३ बजे बालकको उद्धार गरी परिवारलाई बुझाएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए।


प्रतिक्रिया दिनुहोस्