पिताको लाश अगाडि स्टाइलिस् फोटो सुट गर्ने महिलाको चौतर्फी आलोचना

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : २८


अमेरिकाकी एक महिलाको यतिबेला चर्को रुपमा आलोचना भइरहेको छ।

सामाजिक संजालमा उनलाई संवेदनाहिन महिला भनेर चित्रण गर्न थालिएको छ।

वास्तवमा आफ्नो पिताको लाश राखिएको कफिन अगाडि स्टाइलिस् रुपमा फोटो खिचाएपछि उनी आलोचित बनेकी हुन्।

डेली स्टारको रिपोर्टअनुसार मृत व्यक्तिको अन्तिम संस्कार भइरहँदा उनका छोरीले भने आश्चर्यजनक रुपमा पोजपोजमा फोटो खिचाएकी हुन्।

ती महिलाको व्यवहार ज्यादै अनुचित भएको भन्दै अमेरिकी सामाजिक संजाल प्रयोगकर्ताले महिलाको विरोध गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्