२४ वर्षकी महिलाको २१ वटा बच्चा!

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : १५


रुसकी एक २४ वर्षकी महिलाले हालै आफ्नो २१ औं बच्चालाई स्वागत गरेकी छिन्। ती महिलाले आफ्ना सबै बच्चाको फोटो सामाजिक संजालमा पोस्ट गरेपछि यो विषय विश्वभर चर्चामा छ।

डेलीमेलका अनुसार रुसकी क्रिस्टिना ओटर्क हालै २१ औं बच्चाको आमा बनेकी हुन्। सबै बच्चा उनकै भएता पनि सबै बच्चालाई उनले जन्म दिएको भने होइन।

केही बच्चालाई उनले जन्म दिएकी हुन् भने उनले केही बच्चा सरोगेसी मार्फत र केही बच्चालाई धर्मपुत्र र धर्मपुत्रीको रुपमा पालेकी हुन्।

जे भएता पनि २१ बच्चाको आमा क्रिस्टिना नै हुन् र उनले सबै बच्चालाई सम्हाल्नको लागि १६ जना महिलालाई काममा राखेकी छिन्

महिलाको पति धनाढ्य व्यापारी हुन्। सरोगेसीमार्फत् बच्चा जन्माउन उनीहरुले गत मार्चदेखि यसवर्षको जुलाईसम्म एक करोड रुबेल खर्च गरेको बताइएको छ।

क्रिस्टिनाको धेरै बच्चाको आमा बन्ने सोखलाई उनको पतिले पनि समर्थन जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्